+
Search

ताजा अपडेट +

पपुलर +

पहिरो पन्छाएपछि सञ्चालनमा आयो कान्ति लोकपथ

शब्द-यात्रा
२०८३ बैशाख २०, आइतबार

हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका— ८ भरेङडाँडामा गएराति गएको पहिरो हटाएपछि आज अपराह्नदेखि दुवैतर्फको यातायात सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम महेन्द्र राजमार्ग र भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकमा हाल दैनिक सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेका छन् ।

यसैगरी, हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा