+
Search

ताजा अपडेट +

पपुलर +

लिपुलेक हुँदै मानसरोवर यात्राबारे भारतको जवाफ: नेपालको दाबी आधारहीन

शब्द-यात्रा
२०८३ बैशाख २१, सोमबार

काठमाडौँ । लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने चीन र भारतको निर्णयप्रति नेपालले आपत्ति जनाएपछि भारतले प्रतिक्रिया दिएको छ । 

नेपाल सरकारले आइतबार प्रेस नोट जारी गर्दै सीमा क्षेत्रमा भएका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएपछि त्यसको जवाफमा भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गरेको छ । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेक नाका सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको बताएका छन्।

जैसवालले भनेका छन्, ‘यस क्षेत्रको दाबीहरूको सन्दर्भमा यस्ता दाबीहरू न जायज छन् न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छन् भन्नेमा भारत स्पष्ट छ । दाबीहरूको एकपक्षीय कृत्रिम विस्तार असम्भव छ ।’ तर भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा नेपालसँग रचनात्मक अन्तरक्रियाका लागि तयार रहेको र संवाद एवं कूटनीति मार्फत सहमति भएका बाँकी रहेका सीमा मुद्दाहरू समाधान गर्ने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा