+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न रोक

शब्द-यात्रा
२०८३ बैशाख २१, सोमबार

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि सञ्चारकर्मीहरूलाई दृश्य संकलन (भिडियो खिच्न) रोक लगाइएको छ ।

कार्यालय बाहिरबाट भिडियो खिचिरहेका सञ्चारकर्मीहरूलाई संकेत गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रोक्न निर्देशन दिएपछि सुरक्षाकर्मीले कडाइ गर्दै अवरोध पुर्‍याइएको छ ।

प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गरेलगत्तै त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले बाहिर रहेका भिडियो पत्रकारहरूलाई सो स्थानबाट तत्काल निस्कन र दृश्य संकलन नगर्न आदेश दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा