+
Search

ताजा अपडेट +

पपुलर +

भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

शब्द-यात्रा
२०८३ बैशाख २१, सोमबार

काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनी रहेका छन् ।

सोमबार बा ४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

टिपर चालक काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घर भएर बनेपा बस्ने ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा