+
Search

ताजा अपडेट +

पपुलर +

हप्ता भरिनै पानी पर्ने सम्भावना

शब्द-यात्रा
२०८३ बैशाख २३, बुधबार

देशकाे पूर्वी भेगका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । बाग्मती प्रदेशदेखि पूर्वका क्षेत्रमा गएराति र आज बिहान समेत पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै इलामको कन्याम जल मापन केन्द्रमा झण्डै ५३ मिलिमिटर वर्षा भएको बताइएकाे छ । त्यसैगरि सुनसरी, संखुवासभा, पाँचथर, ताप्लेजुङ, सिन्धुपाञ्चोक, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुली, नुवाकोटलगायतका ठाउँमा पनि पानी परेको पनि महाशाखाले जनाएकाे छ ।

आज दिउँसो बागमती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेकाे छ । उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने अहिले वर्षा गराउने प्रणाली पूर्वतिर केन्द्रित रहेकाे महाशाखाकाे भनाइ रहेकाे छ ।

मौसमविद्का अनुसार यो हप्ताभर नै पानी पार्ने प्रणाली सक्रिय रहने बताइएकाे छ । प्रि-मनसुनमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीजस्ता गतिविधि हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा