काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको संवैधानिक परिषद्को बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । संवैधानिक परिषद्को संरचनाअनुसार प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलको नेता र प्रधान न्यायाधीश रहनेछन् । प्रधान न्यायाधीश नियुक्ति कार्यसूचीमा रहेकोले आजको बैठकमा कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल उपस्थित छैनन् भने कानुनमन्त्री सोविता गौतम उपस्थित छिन् ।
प्रतिक्रिया