काठमाडौँ । नेपाली कांग्रेसले आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा आयोजना गर्ने भएको छ।
आइतबारसम्म सञ्चालन हुने भेलालाई पार्टी सभापति गगनकुमार थापाले उद्घाटन गर्दै छन् ।
भेलामा सम्बोधन गर्न उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरु घिमिरे लगायत नेताहरू शुक्रबार नै धनगढी पुगिसकेका छन् भने सभापति थापा आज जाँदै छन् ।
प्रदेशस्तरीय प्रशिक्षण भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको विस्तृत समीक्षा गरिने बताइएको छ । विशेष महाधिवेशनपछि कांग्रेसले प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो ।
प्रतिक्रिया