कपिलवस्तुबाट मुस्लिमहरूको तीर्थस्थल साउदी अरबस्थित मक्का मदिना हज यात्राका लागि साउदी अरब जान लागेका हज यात्रीको बिदाइ गरिएको छ।
जिल्लाका १० स्थानीय तहबाट १ सय ७५ जना हज यात्राका लागि काठमाडौं गएको हज समितिले जनाएकोृ छ ।
गत वर्ष जिल्लाबाट १ सय ८७ जना हज यात्रामा सहभागी थिए । नेपालभरबाट यस वर्ष १ हजार २ सय जना हज यात्रामा जान लागेको हज समितिले सूचनामार्फत जानकारी दिएको छ। यस्तै १३ जना हज समितिबाट, १ जना डाक्टर तथा २ जना स्वयंसेवक समेत हज यात्राका सहभागी रहने छन् ।
प्रतिक्रिया