त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुनः सुचारु भएकाे छ । आज बिहान इस्तानबुलबाट आएकाे टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा टायरमा आगो देखिएपछि जाहज धावनमार्गमै अड्किएकाले अन्तराष्ट्रिय तथा राष्ट्रिय उडानहरु प्रभावित बनेकाे अहिले विमानस्थल पुनः सुचारु भएकाे हाे ।
बिहान पाैने ७ बजे टर्कीबाट काठमाडौं आएको जहाजको ल्यान्डिङ गियरमा देखिएको आगोका कारण विमानस्थल आकस्मिक रुपमा बन्द भएकाे थियाे । इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौं आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न गर्न खोज्दा टायरमा आगो देखिएको थियो ।
जाहजबाट यात्रुलाई आकस्मिकरुपमा बाहिर निकालिएको उक्त जहाजमा देखिएको आगो निभाउने, उद्धारलगायतका काम सकिएकाले अहिले रोकिएको विमानस्थल पुनः सुचारु भएको छ ।
प्रतिक्रिया