काठमाडौँ । स्थायी दरबन्दीमा सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै स्वास्थ्य क्षेत्रका विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
एचए, सिएमए, एएनएम, फार्मेसी, ल्याब तथा स्वास्थ तर्फका अन्य क्षेत्रहरूमा दरबन्दी खोल्नुपर्ने माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
स्वास्थ्य क्षेत्रमा नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्दा हेल्थ असिस्टेन्ट, सिएमए, फार्मेसी, ल्याब टेक्निसियनलाई भने समावेश नगरिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
आफूहरूलाई दरबन्दीमा उचित स्थान नदिनु, वर्षौदेखि सेवा गर्दै आएका जनशक्तिलाई बेवास्ता गर्नु र ग्रामीण स्वास्थ्य सेवामा मूख्य भूमिका खेल्ने स्वास्थ्यकर्मीमाथि विभेद भएका कारण आफूहरू आन्दोलित हुनुपरेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया