काठमाडौँ । गत भदौमा भएको जेनजी आन्दोलनमा भागेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जीवनबहादुर पुर्कुटी छन् । सोमबार उनलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ बाट पक्राउ गरिएको हो ।
पुर्कुटीलाई कर्तव्य ज्यान मुद्दामा अदालतले २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । केन्द्रीय कारागार, सुन्धारामा कैद भुक्तान गरिरहेका उनी २०८२ भदौ २४ मा भएको जेनजी आन्दोलनको बेला फरार भएका थिए।
प्रतिक्रिया