+
Search

ताजा अपडेट +

पपुलर +

पहिरोका कारण बेनी–जोमसोम–कोरला सडक अवरुद्ध

शब्द-यात्रा
२०८३ बैशाख २९, मंगलबार

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । हिमाल पारीकाे जिल्लाकाे रुपमा परिचित मुस्ताङलाई जेड्ने उक्त सडक खण्डमा पहिराे खसेपछि सडक अवरुद्ध भएकाे हाे ।

महभिरमा ढुङ्गा र माटोसहितको पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको छ । पहिराेले सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै अलपत्र परेका छन् ।

सडक अवरुद्ध हुँदा स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् । अहिलाे उक्त स्थानमा सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन प्रयास भइरहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सिनाले जनाएका छन् ।

झण्डै ५०० मिटरमाथिबाट पहिरो खस्ने गरेको उक्त स्थानमा सामान्य वर्षा हुँदा पनि लेदोसहित पहिरो खस्ने गरेकाले बेलाबेलामा सडक अवरुद्ध हुने गरेकाे बताइएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा