प्रहरीले भक्तपुरबाट डेढ किलाे चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-९, ताथलीबाट डेढ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१०, घर भई हाल काभ्रेको बनेपा नगरपालिका-८, पुल बजार बस्ने ३२ वर्षीय राजु स्वेत रहेको प्रहरीले जनाएको छ । हिजाे दिउँसाे प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकल चढेर नालाबाट च्यामासिंह तर्फ आउँदै गरेका उनलाई चेक जाँचका क्रममा पक्राउ गरिएकाे हाे ।
उनले बोकेको झोलाबाट चाँदी बरामद भएको प्रहरीले जनाएकाे छ । प्रहरीले सोधपुछ गर्दा उनले कुनै किसिमको कागजातहरू देखाउन नसकेकाले नियन्त्रणमा लिइएको बताइएकाे छ । प्रहरीका अनुसार उनलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया