+
Search

ताजा अपडेट +

पपुलर +

जुम्लाका ८ जना जुवाडे सुर्खेतबाट पक्राउ

शब्द-यात्रा
२०८३ बैशाख ३१, बिहीबार

सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट नगद र ताससहित ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर नगरपालिका–७, फूलबारी टोलस्थित जनक रोकायको घरमा हारजित हुने गरी उनीहरूले जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ प्रहरीले छापा हानेको थियो ।

पक्राउ पर्नेमा जुम्लाको सिंजा क्षेत्र घर भएका र हाल वीरेन्द्रनगरमा बस्दै आएका ४२ वर्षीय मन बहादुर बुढा, ४४ वर्षीय लक्ष्मण रोकाय, ३० वर्षीय लाल बहादुर बुढा ३४ वर्षीय लंक बहादुर बुढा, ४५ वर्षीय गम्भीर रावत, ३० वर्षीय विष्णु बुढा रहेका छन् ।

यस्तै, ३१ वर्षीय हरिबहादुर रोकाय र वीरेन्द्रनगर नगरपालिका–७ घर भएका घरबेटी ३८ वर्षीय जनक रोकाय पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरी टोलीले गएराति जुवाको खालबाट ९५ हजार १६६ रुपैयाँ नगद, ६ गड्डी तास र ९ थान मोबाइल बरामद गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा