+
Search

ताजा अपडेट +

पपुलर +

कास्की प्रहरीद्वारा एकैदिन २७ फरार प्रतिवादी पक्राउ

शब्द-यात्रा
२०८३ जेठ १, शुक्रबार

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रवार विभिन्न स्थानबाट २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा २० जना पुरुष र सात महिला रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चेक अनादर कसुरमा १२, सार्वजनिक अनादर कसुरमा पाँच, अंश मानाचामाल कसुरमा चार, बिगो लेनदनसम्बन्धी कसुरमा दुई, बैंकिङ कसुरमा दुई, सवारी ज्यान कसुर र अभद्र व्यवहारसम्बन्धी कसुरमा एक–एक जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाबाट चार वर्ष १५ दिन कैद सजाय र  ४८ लाख एक हजार १८० जरिवाना असुल हुनेगरी कास्की जिल्ला अदालतमा बुझाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा