+
Search

ताजा अपडेट +

पपुलर +

विश्वकप लिग २ मा अमेरिकामाथि नेपालको शानदार जित

शब्द-यात्रा
२०८३ जेठ २, शनिबार

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित हासिल गरेकाे छ ।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । ओपनर कुशल भुर्तेलको शतकमा जित हासिल गरेकाे हाे ।
ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

१२२ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउन पुगेकाे थियाे । नेपाली बलर हाबी हुँदा अमेरिकी ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा