काठमाडौं । कास्कीको पोखरा फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण अलपत्र परेका दुईजनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले उनीहरूको उद्धार गरेको हो ।
काठमाडौंको सिनामंगलका ३४ वर्षीय अनुज पुरी र २८ वर्षीया सिवानी खड्का पुरी शनिबार अपराह्न फेवातालमा कायकिङ गरिरहेका बेला अचानक आएको तीव्र हावाहुरीका कारण तालको बीचमा फसेका थिए ।
सशस्त्र प्रहरीका विशेष टोलीले तालमा फसेका दुवैजनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया