+
Search

ताजा अपडेट +

पपुलर +

केहि भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

शब्द-यात्रा
२०८३ जेठ ४, सोमबार

अहिले मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकाे छ । जसकाे कारण कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ । त्यसैगरि मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नुका साथै बाँकी तराई भू–भागमा मुख्यतया माैसम सफा रहनेछ ।

कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।

आज राति कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नुका साथै बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागकाे मौसम मुख्यतया सफा रहनुका साथै कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा