बाँकेमा हुलाक कार्यालयमार्फत तीन स्थानीय तहका पाँच जनालाई घरघरमा पुगेर राहदानी वितरण गरिएको छ ।
जिल्लाको खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा अहिलेसम्म पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
संघीय सरकारको १०० दिने कार्यसूचीअनुसार समावेश गरिएको घरमै सेवा पुर्याउने कार्यक्रमअनुरूप सो सम्झौता गरिएको थियो । स्थानीय तह र सम्बन्धित वडाको समन्वयमा सेवाग्राहीलाई राहदानी वितरण गरिँदै आइएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
प्रतिक्रिया