आज लुम्बिनी प्रदेशसभा बैठक बस्दैछ । दिउँसो १:०० बजे आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक बस्न लागेकाे हाे ।
प्रदेशसभा सचिवालयका अनुसार आजकाे बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको बताइएकाे छ ।
त्यसैगरि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको पनि प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रतिक्रिया