तेहरान- अमेरिका र इरान सम्झौता हुने नजिक पुगेकाे छ । दुवै देश २ महिना लामो युद्धविराम गर्ने सम्झौताको नजिक पुगेका छन्।
एक रिपोर्टमा यो सम्झौताअन्तर्गत स्ट्रेट अफ हर्मुज फेरि जनाएकाे छ। जसले गर्दा जहाजहरूको आवतजावत सामान्य हुन सक्ने सम्भावना बढेकाे छ । यसको बदलामा अमेरिकाले इरानका बन्दरगाहहरूमा लगाइएको प्रतिबन्धमा खुकुलो बनाउने छ । इरानले यस अवधिमा हर्मुजमा राखिएका बारुदी सुरुङहरू हटाउन सहमत हुन सक्नेछ।
रिपोर्टअनुसार, प्रस्तावित समझौतामा इरानले कहिल्यै परमाणु हतियार बनाउने प्रयास नगर्ने प्रतिबद्धता जनाउने छ। यसकाा साथै युरेनियम सम्वर्धन कार्यक्रमलाई सीमित गर्ने र उच्च सम्वर्धित युरेनियमको भण्डार हटाउने विषयमा वार्ता हुनेछ। रिपोर्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो समझौतालाई मुख्य रूपमा आर्थिक दृष्टिकोणबाट हेरिरहेका बताइएको छ।
प्रतिक्रिया