+
Search

ताजा अपडेट +

पपुलर +

श्रमिक र कर्मचारीको तलब बढाउन माग

शब्द-यात्रा
२०८३ जेठ ११, सोमबार

काठमाडौँ । पेसागत महासंघ नेपालले राष्ट्रसेवक कर्मचारी तथा श्रमिक कर्मचारीहरूको तलब सुविधा वृद्धि गर्न माग गरेको छ ।

महासंघले सो विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णीम वाग्लेलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघले तीन वर्षदेखि तलब सुविधा वृद्धि नभएको र बढ्दो महङ्गीका कारण श्रमिक तथा कर्मचारीहरू समस्यामा परेको उल्लेख गर्दै न्यूनतम मासिक ३० हजार रुपैयाँ तलब सुविधा कायम हुने गरी तलब वृद्धि गर्न माग गरेको हो ।

ध्यानाकर्षण पत्रमा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन, स्वास्थ्य सेवा ऐन, सिटिइभिटी ऐनलगायत सङ्घीयतालाई प्रशासनिक रूपमा व्यवस्थापन गर्ने ऐनहरू यथाशीघ्र जारी गर्न माग गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा