+
Search

ताजा अपडेट +

पपुलर +

रौतहटमा हुरीले घर भत्किँदा एक महिलाकाे मृत्यु

शब्द-यात्रा
२०८३ जेठ १२, मंगलबार

रौतहटमा हिजाे साँझ आएको हुरीले घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । रौतहटको वृन्दावन नगरपालिका–७, धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो ।

घरले थिचेर घाइते भएकी फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । हुरीले टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किएको बताइएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा