+
Search

ताजा अपडेट +

पपुलर +

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

शब्द-यात्रा
२०८३ जेठ १२, मंगलबार

मकवानपुर । आफ्नै श्रीमती ४२ वर्षीया ओमकुमारी भुजेलको हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका १ चौकीटोल तरकारी मण्डी डेरा गरी बस्ने मनहरी गाउँपालिका ३ घर भएका ४५ वर्षीय रामलाल ब्लोनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

रामलालले कुटपिट गर्दा ओमकुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

कुटपिटबाट गम्भीर घाइते भएकी ओमकुमारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा