+
Search

ताजा अपडेट +

पपुलर +

संघीय संसद्काे दुवै सदनको बैठक बस्दै

शब्द-यात्रा
२०८३ जेठ १३, बुधबार

आज संघीय संसद्का दुवै सदनको बैठक छुट्टाछुट्टै समयमा बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको संघीय संसद् सचिवालयले जनाएकाे छ ।

आज बस्ने दुवै सदनको बैठकमा महत्त्वपूर्ण प्रस्ताव र प्रतिवेदनहरू पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । जसअनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेकाे छ ।

आजको बैठकमा विशेष कार्यसूची अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । त्यस्तै बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठक समक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा