काठमाडौं । अर्थ मन्त्रालयले विश्व भूराजनीतिक तनाव, मध्यपूर्व क्षेत्रमा जारी युद्ध र इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको जनाएको छ। ‘आर्थिक सर्वेक्षण २०८२/८३’ मा इन्धन मूल्यवृद्धिको असर विभिन्न आर्थिक क्षेत्रमा परेको उल्लेख गरिएको छ।
सर्वेक्षणअनुसार पश्चिम एसियालगायत मुलुकमा कार्यरत नेपाली कामदारको रोजगारी प्रभावित हुन सक्ने र त्यसले विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा नकारात्मक असर पार्ने जोखिम देखिएको छ। साथै मध्यपूर्वी मुलुकबाट नेपाल आउने पर्यटकको संख्या घट्न सक्ने र पर्यटन क्षेत्रको आम्दानीमा समेत कमी आउने सम्भावना औंल्याइएको छ।
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै उपभोग्य वस्तु तथा निर्माण सामग्रीको लागत पनि बढेको उल्लेख गर्दै यसले समग्र मूल्यवृद्धि र बजारमा महँगी बढाउन सक्ने आर्थिक सर्वेक्षणले जनाएको छ।
प्रतिक्रिया