+
Search

ताजा अपडेट +

पपुलर +

मुस्लिम समुदायले बकर इद (इदुल जोहा) मनाउँदै

शब्द-यात्रा
२०८३ जेठ १४, बिहीबार

आज मुस्लिम धर्मावलम्बीहरुले दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार मुस्लिम समुदायले याे पर्व मनाउन लागेका हुन् ।

आज बिहानैदेखि मुस्लिम धर्मावलम्बीले स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गरि यस पर्व मनाउने गरिन्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको किंम्बदन्ती रहेको छ ।

यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्त्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरिएकाे छ । ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा)मा समेत अध्ययन अध्यापन गराइन्छ ।

धार्मिक ग्रन्थका अनुसार इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिएकाे र मक्कामा जन्मिएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सरेको र त्यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको पाइन्छ ।

आज काठमाडाैँस्थित दरबारमार्गमा रहेकाे नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन यो पर्व मनाउँदै छन् भने यस पर्वकाे अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा