+
Search

ताजा अपडेट +

पपुलर +

ट्राफिक कारबाहीमा २२ लाख बढि राजस्व संकलन

शब्द-यात्रा
२०८३ जेठ १४, बिहीबार

पछिल्लाे २४ घण्टामा सवारी नियम उल्लंघनको कारबाहीबाट ट्राफिक प्रहरीले २२ लाख बढि राजस्व संकलन गरेकाे छ । २ हजार ५५ सवारी चालकले सवारी नियम उल्लंघन गर्दा उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ राजस्व दाखिला भएको हाे ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८३, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ९२, संकेत बत्ती उल्लंघनकर्ता १ सय ९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय २ जनालाई कारबाही गरिएको थियाे ।

त्यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने १ सय ४६, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ३, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय १२, एकतर्फी सडकमा सवारी चलाउने ८५ र अन्य सवारी नियम पालना नगरेका १ हजार १ सय २३ जनालाई कारबाही कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा