+
Search

ताजा अपडेट +

पपुलर +

एक महिनाकाे छाेरीकाे हत्या गर्ने आमा पक्राउ

शब्द-यात्रा
२०८३ जेठ १५, शुक्रबार

तनहुँमा ३१ दिनको छोरीकाे हत्या गरेकाे अभियाेगमा आमा पक्राउ परेकी छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–३, सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा आमालाई पक्राउ गरेको हाे ।

हत्या अभियाेगमा पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालि स्थायी घर भएकी ३७ वर्षीय मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । निजले बच्चालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा उनका श्रीमान् ३६ वर्षीय गोपाल थापाले फेला पारेका थिए ।

शिशुलाई तत्काल खाल्डोबाट निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पुर्‍याएकाेमा अस्पतालका चिकित्सकले शिशुलाई मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ । घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकी थापाले ‘डिप्रेसन’ को औषधि सेवन गर्ने गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा