+
Search

ताजा अपडेट +

पपुलर +

अन्ततः एमाले महासचिवले ‘भदौ २३ र २४ घटनालाई जेन जी विद्रोह’ का रूपमा स्विकारे

शब्द-यात्रा
२०८३ जेठ १६, शनिबार

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनालाई जेन जी विद्रोह भनेर स्विकार गरेका छन् ।

सो घटनालाई यसअघि अराजकता र विध्वंस भन्दै आएका एमाले महासचिव पोखरेलले हालै बालेन्द्र सरकारले ल्याएको बजेटमाथि टिप्पणी गर्ने क्रममा विद्रोहको रूपमा स्विकार गरेका हुन् । उनले बजेटले जेन जी विद्रोहको मागलाई सम्बोधन गर्न नसकेको पनि बताएका छन् ।

‘नेपाली समाजमा जनअसन्तुष्टि र भ्रष्टताको कारण सार्वजनिक शिक्षा र स्वास्थ गुणस्तरिय र सुविधासम्पन्न नहुनु पनि हो,’ उनले टिप्पणी गर्दै भनेका छन्, ‘सुशासन र सेवा प्रवाहमा जोड दिँदै भएको जेनजी विद्रोहको जगमा बनेको बालेन्द्र सरकारले बजेट मार्फत त्यसमा सार्थक सुधारको पहल गर्न सकेन ।’

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा