+
Search

ताजा अपडेट +

पपुलर +

३५ वर्षमा हुन नसकेको काम सुकुम्बासीहरूको व्यवस्थापन नतिजा ३५ मिनेटमा नखोजौँ : प्रधानमन्त्री बालेन

शब्द-यात्रा
२०८३ जेठ १७, आइतबार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोलाकिनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरूको व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सांसद आर्यन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारको नेतृत्वमा रहँदा पनि यस विषयमा सङ्घ सरकारसँग समन्वय गरेको स्मरण गरे। उनले खोलाकिनारका जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य उनीहरूको ज्यान बचाउनका लागि गरिएको स्पष्ट पारे।

प्रधानमन्त्री शाहका अनुसार हाल होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीका लागि जग्गा व्यवस्थापन गर्ने काम सरकारको प्राथमिकतामा रहेको छ। यसका लागि तीनवटा मन्त्रालयले संयुक्त रूपमा काम गरिरहेको उनले बताए।

उनले सुकुमबासी व्यवस्थापन तत्काल सम्पन्न हुने विषय नभएको उल्लेख गर्दै ३५ वर्षमा हुन नसकेको काम ३५  मिनेटमै समाधानको अपेक्षा नगर्न सांसदहरूलाई आग्रह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा