+
Search

ताजा अपडेट +

पपुलर +

भारतले नेपालले सिमा मिचेको कहिल्यै भनेन, तर प्रधानमन्त्रीले आज कसरी भन्नुभयो ?

शब्द-यात्रा
२०८३ जेठ १७, आइतबार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतीय भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति पूर्वपरराष्ट्र मन्त्री कमल थापाले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा पहिलो पटक रोष्ट्रममा उभिएर सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका प्रधानमन्त्री साहको ‘विवादस्पद अभिव्यक्ति’ प्रति थापाले आपत्ति जनाएका हुन् ।

उनले संसद्मा जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिले सिङ्गो मुलुकलाई तरङ्गित र आश्चर्यचकित बनाइदिएको जनाउँदै भनेका छन्, ‘केही स्थानमा सीमा विवाद हुनु बेग्लै कुरा हो तर नेपालले भारतको सीमा मिचेको वा अतिक्रमण गरेको छैन, नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग छ।

‘यदि नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ भने त्यो कुन ठाउँ हो, प्रमाणसहित जनतालाई स्पष्ट पार्नुपर्छस तत्काल गल्ती सच्याउनुपर्छ र ससम्मान भारतलाई भूमि फिर्ता गर्नुपर्छ तर मेरो विचारमा प्रधानमन्त्रीको यो भनाइ अतिरञ्जित र गलत छ,’ उनी अगाडि भन्छन्, ‘स्वयं भारतले समेत आजसम्म नेपालले सिमा मिचेको आरोप नलगाएको अवस्थामा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति दिनु सर्वथा उपयुक्त हुन सक्दैन।’

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा