+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसले आङ्देम्बेको नेतृत्वमा बनायो छाया सरकार

शब्द-यात्रा
२०८३ जेठ १८, सोमबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामकारबाहीको निगरानी गर्न ‘छाया सरकार’ गठन गरेको छ ।

कांग्रेसले संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउन संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्री बनाएको हो ।

त्यस्तै, सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्न विभिन्न नेताहरूलाई छाया मन्त्रीका रूपमा मन्त्रालयगत जिम्मेवारी बाँडफाँट गरिएको छ । कांग्रेसले छाया गृहमन्त्रीको जिम्मेवारी प्रकाश सिंह कार्कीलाई तोकेको छ भने अर्थ मन्त्रालयको जिम्मेवारी नरेन्द्रकुमार केरुङ र परराष्ट्रको जिम्मेवारी सुनिलबहादुर थापालाई दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा