काठमाडौँ । संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शाहको नेपालले भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्तिको विरोध गर्न नसके मौन बसिदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिको असर नेपालको अखण्डतामा परिसकेको उनको भनाइ छ ।
‘रास्वपाका नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुक प्रधानमन्त्रीको शतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक सावित गर्न यो हदसम्मको हर्कत नगरिदिनुस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकदिनमै यसको असर हाम्रो अखण्डतामा कति परिसक्यो, मनन् गर्नुस् । देशभन्दा ठूलो अर्को चिज हुँदैन । गलत भन्न सक्नुहुन्न भने मौन बसिदिनुस् । प्लिज ।’
प्रतिक्रिया