क्वालालम्पुर । मलेसिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल खाता बनाउन निषेध गर्ने नयाँ नियम लागू गरेको छ।
फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता प्लेटफर्महरूले अब उमेर प्रमाणीकरण प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्नेछ। नयाँ नियम लागू भएसँगै मलेसियामा १६ वर्षमुनिका प्रयोगकर्ताले सामाजिक सञ्जाल खाता खोल्न पाउने छैनन्।
यी नियम उल्लङ्घन गर्ने कम्पनीहरूलाई २५ लाखसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ। यद्यपि, बालबालिकाले नियम उल्लङ्घन गरी खाता बनाएमा उनीहरूका अभिभावकले कुनै कारबाही भोग्नुपर्ने छैन।
सरकारले बालबालिकालाई हानिकारक सामग्री, साइबर बुलिङ तथा सामाजिक सञ्जालको लतबाट जोगाउन यो कदम चालिएको जनाएको छ।
प्रतिक्रिया