काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको जेठ १८ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त गरी कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।
प्रतिक्रिया