आज मुलुक भरकाे माैसम सामान्यतया बदलीदेखि केहि भू–भागकाे एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्ने बताइएकाे छ । यसैगरी हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको हुनेछ भने मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा गर्मीकाे सम्भावना रहेको छ ।
आज राति देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ भने तराई भू–भागमा मुख्यतया माैसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया