काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ अभियान सुरु गरेका नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणका लागि जेनजी उमेर समूहसँग छलफल गरेका छन् ।
नयाँ दल गठन गर्नका लागि विभिन्न पक्षसँग छलफल सुरु गरेका राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग छलफल गरेका हुन् ।
राप्रपाको असन्तुष्ट पक्षले मलमासपछि नयाँ दल गठन गर्ने तयारी गरिरहेको छ । मंगलबार राणाले अभियन्ता दुर्गा प्रसाईंसँग छलफल गरेका थिए ।
प्रतिक्रिया