+
Search

ताजा अपडेट +

पपुलर +

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै

शब्द-यात्रा
२०८३ जेठ २१, बिहीबार

समाजमा बिकृतिकाे रुपमा रहेकाे जातीय भेदभाव तथा छुवाछूत विरुद्ध आज देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ मनाइँदै छ । देशमा ऐतिहासिक राजनीतिक परिवर्तन भएसँगै वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले संसद् मार्फत मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको अवसर पारेर याे दिवस मनाउन थालिएकाे हाे ।

जातीय विभेदविरुद्ध ऐक्यबद्धता जनाउँदै देशभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ याे दिवस मनाउन लागिएकाे हाे । सामाजिक समानता र मानवअधिकारको प्रवर्द्धनका लागि क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको अगुवाइमा देशभर अन्तर्क्रिया, र्‍याली र विभिन्न चेतनामूलक कार्यक्रमहरूको आयोजना गरि याे दिवस भव्यताका साथ मनाउने गरिन्छ ।

जेठ २१ गते ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिन भएकाले सोही ऐतिहासिक कदमको स्मरण र सम्मान गर्दै वि.सं. २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । कानुनी रूपमा जातीय छुवाछूतलाई दण्डनीय अपराध मानिएकाे भएपनि व्यवहारमा अझै पनि यसका अवशेषहरू बाँकी रहेकाले यस्ता दिवसहरूले समाजमा चेतना फैलाउन र पूर्ण रूपमा विभेद अन्त्य गर्न थप ऊर्जा मिल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा