हिमाल पारिकाे जिल्ला मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले कोरोला नाकाबाट भित्रिएका उकत सवारी साधन नियन्त्रणमा लिएको हाे ।
गए राति सशस्त्र प्रहरी बलले भन्सार छली गरेको आशङ्कामा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट ती सवारी साधनहरू नियन्त्रणमा लिएको बताइएकाे छ । त्यस्तै नुवाकोटको पासाङल्हामु सडक खण्डबाट पनि २ वटा गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेकाे छ ।
प्रतिक्रिया