अमेरिका – अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ (प्रतिनिधिसभा) ले इरानविरुद्ध जारी सैन्य अभियान रोक्न सम्बन्धी प्रस्ताव पारित गरेको छ। उक्त प्रस्तावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अब अमेरिकी कांग्रेसको स्वीकृतिबिना इरानविरुद्ध सैन्य कारबाही जारी राख्न नपाउने उल्लेख गरिएको छ।
प्रतिनिधिसभामा भएको उक्त प्रस्तावको मतदानमा २१५ विरुद्ध २०८ मतले पारित भयो। चार जना रिपब्लिकन सांसदले पनि डेमोक्रेट सांसदहरूसँग मिलेर मतदान गर्दै ट्रम्पविरुद्ध असहमती जनाए।
प्रस्तावअनुसार इरानविरुद्ध थप सैन्य कारबाही अघि बढाउन ट्रम्पले कांग्रेसबाट अनुमति लिनुपर्नेछ। यदि स्वीकृति प्राप्त भएन भने अमेरिकी सैन्य बल फिर्ता बोलाउनुपर्ने माग पनि प्रस्तावमा गरिएको छ।
प्रतिक्रिया