+
Search

ताजा अपडेट +

पपुलर +

लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली

शब्द-यात्रा
२०८३ जेठ २१, बिहीबार

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली प्रक्रिया सुरु भएको छ ।

लिवियास्थित युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिवियामा कार्यरत नयाँ भैरवीदल गुल्म सातौँ डफ्फालाई बदली गर्नको लागि गुरुबक्स गुल्म आठौँ डफ्फाको पहिलो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

नेपाली सेनाका अनुसार, बिहीबार आठौँ डफ्फाका ४२ जना शान्ति सैनिकहरूको टोली लिविया प्रस्थान गरेको छ । सोही दिन उक्त मिसनमा आफ्नो निर्धारित कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका सातौँ डफ्फाका ६१ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा