+
Search

ताजा अपडेट +

पपुलर +

ट्राफिक कारबाहीबाट २० लाख ८४ हजार राजस्व संकलन

शब्द-यात्रा
२०८३ जेठ २२, शुक्रबार

पछिल्लाे २४ घण्टामा ट्राफिक प्रहरीले गरेकाे सवारी नियम उलंधनकाे कारबाहीबाट २० लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेकाे छ । २ हजार ३ सय सवारीचालकले सवारी नियम उलंधन गरेकाे कारबाहीबाट उक्त राजस्व राज्यकोषमा दाखिला गरेकाे हाे ।

जसमा मादकपदार्थ सेवन गरेका १ सय ४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ७७, संकेत बत्ती उलंधनकर्ता १ सय ४७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ५ जनालाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

त्यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ५२, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय १३, एकतर्फी सडकमा सवारी चलाउने १ सय ४१ र अन्य सवारी नियम पालना नगरेका १ हजार ३ सय ५ जनालाई कारबाही गरिएको पनि कार्यालयले जनाएकाे छ ।

पछिल्लाे समय बढ्दाे दुर्घटना न्युनिकरनका लागि ट्राफिक प्रहरीले सवारी चेकिङ्गमा कडाइ गर्दै सवारी चालकलाई सचेत गराउँदै आएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा