+
Search

ताजा अपडेट +

पपुलर +

छानबिनबाट सफाइ पाउनेमा पूर्वगृहमन्त्री सुधन गुरुङ आशावादी, पुनः मन्त्री बने  दुई महिना बधाई दिन नआउन आग्रह

शब्द-यात्रा
२०८३ जेठ २४, आइतबार

गोरखा- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको छानबिनबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन्। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले छानबिन प्रक्रियामा सहजीकरण गर्नकै लागि आफूले मन्त्री पदबाट राजीनामा दिएको र समितिका कडा प्रश्नहरूको स्पष्ट जवाफ दिएको बताए।

उनले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै बयानका क्रममा समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनी प्रतिप्रश्न गरेको रोचक प्रसंग समेत सुनाए। आफू निर्दोष सावित भएर पुनः गृहमन्त्री बनेमा कामलाई प्राथमिकता दिन सुरुका दुई महिना बधाई दिन र तस्बिर खिच्न मन्त्रालय नआउन उनले आग्रह गरे। साथै, अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित नभई जनतासँग निरन्तर सम्पर्कमा रहनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा