+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाको बागमती र कोशीका १८ जिल्लामा को को भए अध्यक्ष ?

शब्द-यात्रा
२०८३ जेठ २४, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ जिल्लामा पहिलो अधिवेशन सम्पन्न गरी १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुर सभापतिमा सञ्जिव पाठक निर्वाचित भएका छन् ।

यस्तै, कोशी प्रदेशको सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ, ओखलढुंगामा कृष्णबहादुर थापा सभापतिमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा