काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।
पर्साको पोखरिया नगरपालिका ९ बरैया प्राईम स्टिलस्थित सडकमा प्र २ ०३ ०१२ प १६८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक कालिकामाई गाउँपालिका ४ पशुरामपुर बस्ने ३७ वर्षीय अनिसकुमार गुप्ताको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
अछामको कमलबजार नगरपालिका ७ क्वालेखस्थित सडकमा मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा जिपमा सवार कमलबजार नगरपालिका ७ बस्ने ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य २ जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया