सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहान ९ बजे बस्ने गरि सर्वदलीय बैठक बोलाएका छन् । सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक आज बिहान ९:०० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बस्ने बताइएकाे छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई-दुई जना नेताहरूलाई आमन्त्रण गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जनाएका छन् ।
आजकाे सर्वदलीय बैठकको सूचना र आमन्त्रणसहितको अनुरोध पत्र प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पठाइसकिएको पनि महामन्त्री बुर्लाकोटीले जानकारी गराएका छन् ।
दलहरूबीच साझा धारणा निर्माण गर्न र संसद्लाई थप प्रभावकारी बनाउन सर्वदलीय बैठकले ठोस मार्गचित्र तय गर्ने अपेक्षा सहित पछिल्लाे समयमा देखिएकाे राजनीतिक समीकरणमा देखिएका उतारचढाव र जनसरोकारका मुद्दाहरूका बीच रास्वपाले चालेको यो कदमलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।
प्रतिक्रिया