+
Search

ताजा अपडेट +

पपुलर +

केही भू-भागमा चट्याङसहित वर्षा हुने

शब्द-यात्रा
२०८३ जेठ २५, सोमबार

काेशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नुका साथै एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

आज दिउँसाे मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ छ भने बाँकी तराई भू–भागमा मुख्यतया माैसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा गर्मी बढ्ने सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत देशको हिमाली भू–भागमा साधारणतया बादल, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मुख्यतया माैसम सफा रहने विभागले जनाएकाे छ । कोशी प्रदेशका थोरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा कर्णाली प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा