+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा बैठक बैठक आज बस्दै: अर्थमन्त्रीले ४ विधेयक प्रस्तुत गर्ने

शब्द-यात्रा
२०८३ जेठ २५, सोमबार

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ  । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बक्तब्यसहित ‘आर्थिक बर्ष २०८३/८४ को राजश्व र ब्यायको बार्षिक अनुमान माथी सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव गरे पछि छलफल प्रारम्भ हुनेछ ।  र, आज नै सो बिषय माथी उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

साथै, अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
सो लगत्तै उनले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । र, ‘नेपाल राष्ट्र बैंक (तेस्रो संसोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छन् ।

यसैगरी, संस्कृत, पर्यटन तथा नागरिक उडडयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पति भएको ‘पर्यटन विधेयक, २०८२’लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।साथै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तराष्ट्रिय श्रम संगठनको श्रम निरिक्षण सबन्धी महासन्धी १९४७ नम्बर ८१ र  ‘अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सबन्धी सन २०१४ को प्रोटोकल नम्बर २९’ पेश गर्न सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा