काठमाडाैं – प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदनमा विराेध जारी हुने एमाले र कांग्रेसकाेअडान जारी राखेकाे छ ।
नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लङ्घन गर्दै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति फिर्ता लिएर क्षमा याचना माग्न सुझाव दिएकी छन् । एमाले संसदीय दलको उपनेता समेत रहेकी अर्यालले सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
त्यस्तै प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले गत १९ गते संसद्मा दिएको मन्तव्यको घोर भर्त्सना गर्दै सो विषयमा तत्काल प्रष्टीकरण दिन माग गरेका हुन् । सांसद सुब्बाले सभामुखलाई ‘अभिभावक’ को संज्ञा दिँदै संसद्लाई निकास दिनु सभामुखको दायित्व भएको बताए ।
प्रतिक्रिया